फाइल तस्वीर


काठमाडौं – प्रतिनिधिसभा सदस्यको लागि मङ्सिर ४ गते हुने निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको रिटमाथि आज सुनुवाइ हुँदैछ । गुरुङद्वारा आफ्नो उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटको सुनुवाइ आज आइतबार हुन लागेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त सुनुवाइ हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका गुरुङको बैंकिङ कसुरमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि गुरुङ न्यायको लागि रिट लिएर सर्वोच्च अदालत पुग्नु भएको थियो ।

उक्त रिटमाथि २८ गते शुक्रबार पनि पेशी तोकिएको थियो । तर, गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि उक्त दिनको पेशी रोकिएको थियो ।