फाइल तस्वीर

काठमाडौं – नेपाली वाङ्गमयका धरोहर, संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाई राखिने भएको छ । किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा आज आइतबार बिहान ७ बजेर ९ मिनेटमा मृत्युवरण गर्नुभएका १०३ वर्षीय इतिहासविद् जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राख्न लागिएको हो ।

संस्कृतिविद् जोशीको पार्थिव शरीरलाई नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डा. किशोरसिंह बस्नेतले बताउनु भएको छ । संस्कृतिविद् जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । उहाँकै चाहना अनुसार उहाँको शरीरलाई अध्ययनका लागि अस्पतालमै राखिने छ ।

जोशीको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ । श्रद्धाञ्जली पछि जोशीको मृत्य शरीरलाई किष्ट मेडिकल कजेलमा लगेर शरीर नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने छ ।

डेङगो सङ्क्रमणबाट बिरामी भन्नुभएका संस्कृतिविद् जोशीको किष्ट मेडिकल शिक्षण अस्पतालमा उपचार भैरहेको थियो । उक्त अस्पतालले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।