फाइल तस्वीर
काठमाडौं – नेपालमा पछिल्लो समय डेङ्गुको महामारी फैलिएसँगै त्यसको सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार नेपालमा ४७ जनामा डेङ्गु लागेका बिरामीहरुको मृत्यु भएको हो ।

नेपालका ७७ वटै जिल्लामा डेङ्गु फैलिइ्एको छ । यी सबै जिल्लामा गरी ३८ हजार ९१८ जनामा डेंङ्गु पुष्टि भैसकेको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेड्गुबाट सबैभन्दा धेरै १० जिल्ला प्रभावित भएका छन् । बागमती प्रदेशमा डेङ्गुका बिरामी रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेशका छ वटा जिल्ला डेङ्गुबाट अतिप्रभावित भएका छन् ।

डेङ्गुबाट धेरै सङ्क्रमित भएका जिल्लामा सबैभन्दा धेरै काठमाडौंमा १२ हजार १ सय २ जना, ललितपुरमा ८ हजार ५ सय ५४ जना, मकवानपुरमा ३ हजार ९ सय ३३ जना, भक्तपुरमा दुई हजार ४ सय ७५ जना, चितवन जिल्लामा १ हजार ३ सय ८९ जना, धादिङमा ६ सय ७९जना रहेका छन् । यसैगरी दाङमा २ हजार ५ जना, रुपन्देहीमा १ हजार १ सय ७५ जना, सुर्खेतमा ४ सय ५९ र कैलालीमा ४ सय १७ जनामा डेङ्गु पुष्टि भएको उक्त महाशाखाले जनाएको छ ।

डेङ्गुबाट सबैभन्दा धेरै बागमती प्रदेशमा कुल २९ हजार ९ सय ९१ जना डेड्गुबाट सङ्क्रमित भएका छन् भने एक नम्बर प्रदेशमा १ हजार २ सय ३९ जना, मधेस प्रदेशमा ६ सय ८ जना, गण्डकी प्रदेशमा ९ सय ९० जना, लुम्बिनी प्रदेशमा ४ हजार ३ सय ६५ जना, कर्णाली प्रदेशमा ६ सय २८ जना र सुदूरपञ्चिम प्रदेशमा १ हजार ९७ जनामा डेंङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।

विस्तारै चिसो बढ्न थालेसँगै डेंङ्गुको प्रकोप भएका पहाडी जिल्लाहरुमा सङ्क्रमण घट्न थालेको र तराईका जिल्लाहरुमा भने प्रकोप बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । ’डेंगु सार्ने लामखुट्टे धेरै गर्मीमा नबाँच्ने हुँदा गर्मी मौसममा तराईमा यसको प्रकोप तुलनात्मक रुपमा कम देखिएको हो । पहाडी जिल्लामा चिसो बढ्दै जाने र तराईमा गर्मी कम हुँदै गएकाले डेंङ्गु सङ्क्रमण तराईतिर बढ्ने सम्भावना बढी छ’– भन्नुहुन्छ डा मरासिनी ।

जनस्वास्थ्यविज्ञ डा. ‘पहाडी र हिमाली जिल्लाहरुमा डेङ्ंगुको सङ्क्रमण घट्दै गए पनि तराईका जिल्लाहरुमा यसको प्रकोप बढ्न सक्ने बताउनुहुन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख मरासिनीका अनुसार जाडो बढ्न सुरु भएसँगै काठमाडौंलगायत पहाडी भेगमा डेंङ्गुको सङ्क्रमण कम हुँदै जाने र विस्तारै तराईका जिल्लाहरुमा यसको प्रकोप बढ्न सक्ने बताउनुहुन्छ ।