काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ सय १७ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३ सय ३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १ सय ९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सुय ८१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय २३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १ सय १ जना सवारी चालक रहेका छन् ।

यस्तैगरी सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो वत्तीको उल्लघन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।