काठमाडौं – नेपाल धितोपत्र बोर्डले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पद गरी २१ कर्मचारीका लागि बोर्डले आवेदन माग गरेको हो ।

योग्यता पुगेको नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ ।

आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ । परीक्षा मिति भने पछि सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।