फाइल तस्वीर
चितवन – चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एक जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेबाट भएको आगलागी ३ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको हो ।

चितवन रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकका अनुसार युनाइटेड वेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो । सञ्चालनमा नभएको यो उद्योगमा कसरी आगलागी भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।