फाइल तस्वीर

काठमाडौं – नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको सुनुवाइ आज हुने भएको छ । रुपन्देही–२ मा आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत पुगेका गुरुङको रिटमा आज पेशी तोकिएको छ ।

बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुरुङ बिहीबार रिट निवेदन बोकेर सर्वोच्च पुगेका थिए ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज भएको जनाएका थिए । निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन् ।