काठमाडौं – सत्ताघटक दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुने भएको हो ।

सो बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनसहित गठबन्धनका उम्मेदवारीमा देखा परेका समस्या लगायतका विषयमा छलफल हुनेछ ।