फाइल तस्वीर


काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला सरकारबाट बाहिरिनु भएको छ । संवैधानिक व्यवस्था अनुसार सांसद् नभएको कुनैपनि व्यक्ति छ महिनाभन्दा बढी अवधि मन्त्री बन्न नपाउने भएसँगै शर्मा सरकारबाट बाहिरिनु भएको हो ।

निवर्तमान मन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा प्रधानमन्त्रीको सिफारिसमा २०७८ चैत २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

उहाँको छ महिने कार्यकालको अवधिमा संसदको सदस्य बन्न नसकेपछि सरकारबाट बिदा हुनुभएको छ । सरकारबाट बिदा भएसँगै उहाँले सम्हाल्दै आएको उक्त मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ ।