फाइल तस्वीर


काठमाडौं – पाँच दलीय सत्तागठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरु आजदेखि पदमुक्त भएका छन् । प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाबाट मन्त्री भएकाहरुलाई पदमुक्त गर्नुभएको हो ।

प्रधामन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा पदमुक्त गएिका मन्त्रीहरुमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव रहेका छन् । जसपाबाट मन्त्री बनेकाहरु बर्खास्त भएपछि ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हाल्नु हुने भएको छ ।