काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु गरेको छ । आयोगले अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाईको जिम्मा दिइ काम सुरु गरेको जनाएको हो ।

प्रदेश र सङ्घको निर्वाचनमा ८ करोड मतपत्र छपाइ गर्ने योजना अनुसार प्रत्यक्ष तर्फको मात्र ४ करोड मतपत्र छापिने छ । करिब तीन साताभित्र प्रत्यक्ष तर्फको मतपत्र छपाई सक्ने आयोगको तयारी छ । सुरूमा कम मतदाता भएको र त्यसपछि बढी मतदाता भएका जिल्लाको मतपत्र छपाइ हुनेछ ।

मतपत्र छपाइ सुरक्षार्थ सुरक्षण मुद्रणालयमा ५० र अन्य स्थानमा गरी करिब ६५ सीसीटिभीले निगरानी गरिरहेको छ । मतपत्र छाप्न आयोगका करिब २ सय कर्मचारी खटाइएको र छापाखाना सुरक्षा गर्न १ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।