फाइल तस्वीर ।

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का राजु गुरुङ आफ्नो उम्मेदवारी बदर गरिएको भन्दै सोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको छ । रुपन्दही क्षेत्र नम्बर दुईबाट एमालेका नेता विष्णुप्रसाद पौडेलका प्रतिस्पर्धिका रुपमा प्रतिनिधिसभा सदस्य पदका लागि गठबन्धनका साझा उम्मेदवार बन्नुभएका गुरुङले आज बिहीबार सर्वोच्च अदालतमा पुगेर रिट दर्ता गराउनु भएको हो ।

असोज २३ गते आइतबार गुरुङले रुपन्देही क्षेत्र नम्बर दुईबाट आफ्नो उम्मेदवारी दर्ता गराएको थियो । गुरुङ फौजदारी मुद्दाको अभियोगमा सजाय पाएको र तीन वर्ष नपुगेको भन्दै गठबन्धनमा साझा उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन आयोगले बदर गरिदिएको थियो ।

गुरुङले आफ्नो उम्मेदवारी बदरविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएता पनि आयोगले उम्मेदवारी बदरको निर्णय सदर गरेपछि उहाँ आज निर्वाचन आयोगविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुग्नु भएको हो ।