फाइल तस्वीर

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को साधरणसभाले विधानको मस्यौदालाई सर्वसम्मतले पारित गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघको साधारणसभाको अन्तिम दिन बुधबार राति निर्वाचन प्रक्रिया र प्रतिनिधि छनोटमा रहेको विवाद टुङ्गो लागेको हो।

एनआरएनए साधारण सभाबाट पारित विधान परराष्ट्र मन्त्रालयले स्वीकृति दिएपछि लागू हुने विधान समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनुभयो । संशोधित विधानअनुरुप संघको ११औं महाधिवेशनको निर्वाचन अनलाइन तथा प्रत्यक्ष (काठमाडौँ) हुने भएको छ । संशोधित विधानमा प्रतिनिधि छनोट प्रक्रिया यथावत् राखिएको छ । यसअघि विवादमा रहेको प्रतिनिधि छनोटको प्रतिशतको संख्या हटाइएको छ । यसअघि ६५ प्रतिशतबाट चयन हुने प्रतिशतको संख्या अब शतप्रतिशत बनाइएको छ। २५ र १० प्रतिशत प्रतिनिधिको प्रावधान खारेज गरिएको छ ।

संघको निर्वाचनमा उम्मेदवार, तीनका समर्थक र प्रस्तावक तथा आइसीसी सदस्यलाई काठमाडौं अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य र डा. बद्री केसीले आपसी सहमतिमा अन्तिम रूप दिएर ल्याइको विधानलाई संघले अन्तिम रुप दिएको हो । आइसीसीका महाचसिव केशव पौडैलका अनुसार संशोधित विधानमा प्रत्यक्ष र अनलाइन दुबै माध्यमबाट भोट गर्न सकिने छ । यसअघि संघको विधान समितिले सर्वसम्मतले सो संशोधन प्रस्ताव साधारणसभामा पेस गरेको थियो ।