फाइल तस्वीर


काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न सम्बन्धित सबैमा आग्रह गरेको हो ।

आयोगले निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको सम्बन्धमा मत सर्वेक्षण नपाइने हुँदा मत सर्वेक्षण गर्ने काम नगर्न निर्देशन दिएको छ । मत सर्वेक्षण गरेको पाइएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना लिने गरी कारबाही गर्ने जनाएको छ ।

निर्वाचन आयोगगको निर्वाचन आचारसंहिताले ‘उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने’ व्यवस्था गरेको छ ।