रुपन्देही– रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न प्राप्त गर्नु भएको छ । निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको हो ।

भुसालले त्रिभुजको राजनीतिक व्याख्या पनि गरिसकेको उहाँको सचिवालयले जनाएको छ ।

त्रिभुजको एउटा भुजाले लोकतन्त्र, दोस्रो भुजाले सामाजिक न्याय र तेस्रो भुजा (आधार भुजा)ले विकासको प्रतिनिधित्व गर्छ भन्ने आफूहरुको व्याख्या रहेको भुसालको सचिवालयका एक सदस्यले बताउनुभयो ।