प्रतिकात्मक तस्वीर

काठमाडौं – काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको शरीरमा आगो लागेर मृत्यु भएको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए । युवती बारा सिमराका केशव रिजालसँग २४ असोजमा होटलमा पुगेको खुलेको छ ।

रिजालले ती युवतीलाई जलेको अवस्थामै वीर अस्पताल पु¥याएका थिए । तर, त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल रेफर गरिएको थियो । उनको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । प्रहरीले अनुसन्धानको लागि रिजालसँगै होलटका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीली जानकारी दिए । युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको आशंका गरिएको छ । रिजाल र ती युवतीबीच निकट सम्बन्ध रहेको खुलेको छ । युवतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।