काठमाडौं – नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनीपछि २२ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिनिधि सभातर्फ ४ जना र प्रदेशसभातर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ । केन्द्रबाटै उम्मेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै रहेको छ ।
![](https://i0.wp.com/newspolar.com/wp-content/uploads/2022/10/ss.png?resize=483%2C1024&ssl=1)
यता गठबन्धनका शीर्ष नेताहरूले बागी उम्मेदवारी फिर्ता लिनेहरूलाई धन्यवाद समेत दिएका छन् ।