काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले भोलि पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । अछामबाट उहाँलाई प्रतिनिधिसभा सदस्य बनाउन एकल सिफारिस केन्द्रमा भए पनि एमालेले उहाँलाई टिकट दिएन । उहाँलाई टिकट नदिएपछि अछाममा एमाले नेता कार्यकर्ताहरूले राजीनामा समेत दिएका छन् ।
तर, रावलले उसअघि पटक–पटक आफूलाई उम्मेदवार नबनाएको बारेमा उचित समयमा बोल्ने बताउँदै आउनुभएको थियो । उहाँले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल सिफारिस पर्दा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको उल्लेख गर्दै भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विषयमा आफ्नो धारणा राख्ने हुनुभएको हो । अछाम–१ बाट सर्वसम्मत सिफारिसमा परेका रावलको ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई उम्मेदवार बनाएका थिए ।
सोही कुरालाई भोलि बिहीवार कार्की ब्याङ्कवेटमा उहाँले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएको हो ।
![](https://shilapatra.com/uploads/editor/2022-10-12/092137926311283269_1325293878222776_5886878866484984233_n.jpg)