फाइल तस्वीर
काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको मूल्य निर्धारण गरेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनको आधारमा खानेपानीको अधिकतम मूल्य निर्धारण गरिएको विभागले जनाएको हो ।

विभागका अनुसार अब काठमाडौं उपत्यकाभित्र १ लिटरको बोटलको पानी १६ रुपैयाँ र २० लिटरको जारको पानी ४७ रुपैयाँभन्दा बढिमा बेच्न पाइँदैन । उपत्यकाबाहिर बोटलको पानीको २० रूपैयाँ र जारको पानी ६० रूपैयाँभन्दा बढि लिन पाइने छैन ।

तोकेको मूल्यभन्दा बढि मूल्य लिए उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने विभागको चेतावनी छ । साथै कसैले तोकिएको मूल्यभन्दा बढि लिन खोजेमा विभागका मातहतका कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशानसन कार्यालय वा स्थानीय तहलाई सूचना दिन समेत विभागले आग्रह गरेको छ ।

bottle_Water.jpeg