काडठमाडौं – निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारहरूले मनोनयन फिर्ता लिन चाहेमा आज दिउँसो १ बजेसम्मको समय दिएको छ ।
आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले उम्मेदवारी फिर्ता लिन चाहे आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने जनाएको हो ।
आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका रहेको जनाएको छ । अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउने भएका छन् । राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै अन्यथा कारबाहीको चेतावनी समेत दिएका छन् ।