काठमाडौं – नेपालमा विगत साढे दुई महिनादेखि तीव्र रूपमा फैलिदैं आएको डेंगी सङ्क्रमणका कारण देशभर ४४ जनाको मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयलबाट प्राप्त तथ्याङ्क अनुसार डेंगी सङ्क्रमणका कारण सो संख्यामा मृत्यु पुष्टि भएको हो ।

मुलुकका ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनयता ३३ हजार ९ सय ७५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । यो वर्ष मनसुन लामो समय रहेकाले डेंगी संक्रमण कात्तिक अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।