काठमाडौं – नेपालको मनसुनमा हाल हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथ मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज मौसमका कारण हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका क्षेत्रमा कृषि, पर्यटन र पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।