साङ्केतिक तस्वीर
रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३, सित्खा बजारनजिकैको चहरीखोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्रगतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यात्रु दसैँको टीका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

बसमा करिब ३० यात्रु सवार थिए । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभे्रपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस