गोरखा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथै राखेर निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।


उहाँ चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ मा उठ्न लाग्नुभएको हो । अध्यक्ष प्रचण्डलाई नेपाल समाजवादी पार्टी (नेसपा), नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत दलको समर्थन रहेको छ ।