काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो ।
प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको सूचीको एक नम्बरमा महिला र आदिवासी जनजाती कोटाबाट भोजपुरकी दुर्गा राई छिन् ।
यसैगरी काभ्रेकी मिना तामाङ, लमजुङकी उर्मिला माझी पौडेल, सर्लाहीकी माया काुमारी बल, गोरखाकी सोमती गुरुङ, ललितपुरकी पद्मा कुमारी राई लगायत छन् ।
यसैगरी पुरुष आदिवासी जनजातीको सूचीको पहिलो नम्बरमा भोजपुरका अजम्बर राई काङमाङ छन् । गोरखाका हितराज पाण्डे, लुम्बिनी प्रदेशका पूर्व सभामुख पूर्ण घर्ती लगायत पनि समानुपातिक सूचीमा छन् । आगामी मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए ।
हेर्नुहोस् नेकपा माओवादी केन्द्रको समानुपातिक उम्मेदवारहरुको नामावली :
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/Maoist-Center-Samanupatik-1.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/Maoist-Center-Samanupatik-2.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/Maoist-Center-Samanupatik-3.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/Maoist-Center-Samanupatik-4.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/Maoist-Center-Samanupatik-5.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/Maoist-Center-Samanupatik-6.jpg)