फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्य सम्पादन समितिको बैठक आज शुक्रबार बस्दै छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुको टुङ्गो लगाउन समितिको बैठक बस्न लागेको हो ।

कार्यसमितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १२ बजे बस्नेछ । उक्त समितिको बैठक हिजो बिहीबारका लागि बोलाइएता पनि बस्न नसकेपछि आज बैठक बस्न लागेको हो ।

कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुङ्गो लगाउने नेपाली काङ्ग्रेसले जनाएको छ ।