काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनीले आवेदन आह्वान गरेको हो ।

दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ । २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।