काठमाडौं – नेपाल आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको हो ।

ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।