काठमाडौं – काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । ‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ’, महानगरका प्रवक्ता नवीन मानन्धर भन्नुहुन्छ, ‘यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।’
पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्ने महानगरले जनाएको छ । अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका लागि घर बाहिर निस्कने मानन्धरले बताउनुभयो ।
![](https://ekagajcdn.prixacdn.net/media/albums/nabin_tjlSvrautS.jpg)