फाइल तस्वीर

काठमाडौं – ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९ जना सवारीचालकहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ५९ जना, फुटपाथमा पार्किङ गर्ने २ सय ४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १ सय २५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १ सय २६ जना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, सडक लेन उल्लङ्घन गर्ने ४२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६७ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ५३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले बताएको छ ।