रौतहट – करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै खेतमा लगाइएको बालीलाई जंगली जनावरबाट बचाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर बुधबार साँझ महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।