काठमाडौं – अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज बुधबार नेपाल आउँदैछिन् । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धिकी कार्यवाहक सहायकमन्त्री रहेकी उनी नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौं आउन लागेकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रिरयामा सहभागिता जनाउने छिन् ।

उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा बिगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ । यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उनको सहभागीता रहने विज्ञप्तिमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस