काठमाडौं – निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको हो ।

आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभएको छ ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता भोलि बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।