काठमाडौं – काठमाडौं महानगरपालिकाले आज मङ्गलबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरू गरेको छ । महानगरले उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा आजदेखि बजार अनुगमन थालेको हो ।

आज प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा उपमेयर डङ्गोलको नेतृत्वमा बजार अनुगमन गरिएको हो । महानगरको टोलीले तीनवटा समूह परिचालन गरी बजार अनुगमन थालेको बताएको छ ।

सङ्घ तथा प्रदेश कार्यालयहरुमा पनि सहभागी टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको छ । सङ्घीय सरकारले यो वर्ष बजार अनुगमन नगर्दा उपभोग्य सामानको मूल्य आकाशिन पुगेको हो ।