प्रतिकात्मक तस्वीर
वीरगञ्ज– अविरल वर्षा र मेघ गर्जनसहितको चट्याङ लागेर पर्सामा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।चट्याङ लागी मृत्यु हुनेमा वीरगञ्ज महामगरपालिका–२ बस्ने १५ वर्षका सिद्धार्थ उपाध्याय रहेका छन् ।

आज बिहान साढे ६ बजेको समयमा सोही स्थानमा रहेको छठिमाई पोखरी नजिकै अचानक चट्याङ लागेर उपाध्यायसहित तीन जना घाइते भएका थिए । घाइतेहरू उनीलाई तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लगिएकोमा उपाध्यायलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका सोही स्थानका कुलनेसा खातुनको र गम्भीर घाइते वीरगञ्ज ४ बस्ने १३ वर्षका अर्जुन राउतको थप उपचारको लागि नेसनल मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले बताएको छ । यसैगरी, पर्साको बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टिका २६ वर्षका को कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागि घाइते जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।