काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको समानुपातिकतर्फको बन्द सूचिमा संस्थापन इतरका डा.शेखर कोइराला–गगन थापा पक्षका जम्मा १३ जनाको नाम परेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जना मध्ये बाँकी संस्थापन पक्षका रहेका छन् ।

काङ्ग्रेसका एक नेताका अनुसार डा.शेखर–गगन समूहबाट केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम परेको छ ।

समानुपातिकमा करिब १० प्रतिशत मात्रै उम्मेदवार बनाएपछि शेखर–गगन पक्षले संस्थापन पक्षलाई दवाव दिन नयाँ बानेश्वर थापाथलीमा भेला गरेको छ । शेखर समूहले ४० प्रतिशत उम्मेदवारी माग गरेका छन् । यो समूहले पार्टी सभापति शेरबहादुर देउवा नसच्चिए विद्रोह गर्ने चेतावनी समेत दिएको छ ।