फाइल तस्वीर
काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयकलाई आज राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।
उहाँले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्नेसम्बन्धी विधेयक र कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
यी विधेयक अब राजपत्रमा प्रकाशित भएसँगै कानुनका रूपमा कार्यान्वयनमा आउनेछन् ।