काठमाडौ – नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बहसबिना नै राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गर्दै रिटलाई अग्राधिकार प्रदान गरेको छ ।

रिटहरुमा अन्य कुनै आदेश माग नगरिएको हुँदा न्यायाधीश फुँयालले सिधै कारण देखाउ आदेश जारी गर्नुभएको हो ।

सर्बोच्च अदालतमा भोलि सोमबारदेखि दसैँको बिदा लागु हुने र बन्दी प्रत्यक्षीकरणको रिटबाहेक सुनुवाइ नहुने हुँदा अब उक्त रिटमाथि दसैँ पछाडि मात्र पेशी हुने भएको छ ।