फाइल तस्वीर

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २ सय २३ जना चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरूलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

सोमबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने कुल ३ हजार ३ सय ३५ जना सवारी चालकलाई कारवाही गरेको थियो । कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ७४ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन् ।

यस्तै, २ हजार ७ सय ७१ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।