काठमाडौं – राष्ट्रपति विरुद्ध दायर रिटको प्रारम्भिक सुनुवाइ आज हुँदैछ । राष्ट्रपति भण्डारी समक्ष पेश भएको नागरिकता विधेयक १५ दिन बित्दा समेत प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त रिट निवेदन न्यायाधीश हरि फुँयालको इजलासमा आज सुनुवाई हुँदैछ ।

अधिवक्ताहरु सुनिलरञ्जन सिंह सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टा छुट्टै रिट दायर गर्नुभएको थियो । सबै निवेदन एकसाथ पेशीमा राखिएको छ ।

सङ्घीय संसदबाट पारित गरी २०७९ भदौ २० मा नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो ।