काठमाडौं – डेंगी सङ्क्रमणका कारण देशभर मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म २९ जनाको डेंगीका कारण मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशका ७६ वटा जिल्लामा डेंगीको सङ्क्रमण फैलिएको छ ।

हालसम्म देशमा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सङ्क्रमित भएका छन् । बागमतीमा १७ हजार ७ सय ३१ जना सङ्क्रमित भएका छन् । यस्तै लुम्बिनीमा २ हजार ८ सय २१ जना सङ्क्रमित हुँदा सुदूरपश्चिममा ७ सय ७७ जना सङ्क्रमित भएका छन् ।

यस्तै प्रदेश १ मा ५ सय ९१ जना, गण्डकीमा ५ सय १५ जना र मधेस प्रदेशमा ३ सय २३ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा हालसम्म २ सय ३० जनामा डेंगीको सङ्क्रमण भएको छ । नेपालमा पहिलोपटक डेंगी २०६१ मा देखिएको थियो । त्यसयता वर्सेनि नेपालमा डेंगी सङ्क्रमण देखिन थालेको छ । गत साउनयता हालसम्म देशभर २२ हजार ९ सय ८८ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ ।