जनकपुर – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्ता पक्राउ परेका छन् । आज शनिबार ओलीलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाएका उनीहरुलाई पक्राउ गरिएको हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया लगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुग्नुभएको थियो ।

यसअघि पनि अध्यक्ष केपी शर्मा ओली नेपाली काङ्ग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर जानुभएको थियो ।