फाइल तस्वीर
काठमाडौं – काठमाडौंको न्युरोडमा हुने सवारी जाम कम गर्न आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आजदेखि फूलपातीसम्म यो व्यवस्था लागु गरिएको हो । बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेन्ड राखिएको स्थानबाट डाइभर्शन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।