काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेङ्गु सङ्क्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए पछि उनलाई हिजो शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको हो ।

चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताएका छन् । अहिले उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी)का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ ।