साङ्केतिक तस्वीर
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशील पासवानको ना ३ त १४३६ नम्बरको ट्रयाक्टरबाट सडकमा खसेर मृत्यु भएको हो ।

ट्रयाक्टरबाट सडकमा खसेका बालकलाई सोही ट्रयाक्टरको चक्काले किचेर उनी गम्भिर घाइते भएका थिए । घाइते बालकको उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि ट्रयाक्टर चालक फरार रहेका छन् ।