साङ्केतिक तस्वीर
काठमाडौं – काठमाडौंको रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट घाइते भएका काठमाडौंका ६२ वर्षीय सुदनकुमार तण्डुकारको मृत्यु भएको हो ।

बिहान ५ः४५ बजे रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२८ प ७००२ नम्बरको मोटरसाइकलको ठक्करबाट बाटो काट्दै गरेका तण्डुकारलाई ठक्ककर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।

ट्रमाबाट ग्राण्डी अस्पताल लगिए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सप्तरीका २१ वर्षीय रुपेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको र उनी पनि सामान्य घाइते रहेको बताइएको छ ।