काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४२ जना, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ७५ जना र नम्बर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक रहेका छन् ।

यस्तै २ हजार ३ सय ३५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।