काठमाडौं – डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ । उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र ८७० रुपैयाँमा प्रति महिना २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ ।

त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबीपीएस, ६८७ रुपैयाँमा १०० एमबीपीएस, ८२४ रुपैयाँमा १५० एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको डिसहोमले जनाएको छ ।

यो प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले राउटर पनि सित्तैमा पाउनेछन् । इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन पाउने डिशहोमले जनाएको छ ।