काठमाडौं – सामाजिक सञ्जालदेखि युट्युब च्यानलमा यतिबेला एकपछि अर्को गर्दै रचनाकार देवी पराजुलीका नयाँ गीत आएका छन् । ज्योति प्रकाशको सङ्गीतमा नयाँ गीत ‘हामी नारी’ यतिबेला बजारमा आएको छ । यो गीतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा विमोचन गर्नुभएको हो ।

उक्त भिडियो ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ । देवी पराजुली र राधा महतको प्रस्तुति रहेको यो गीतलाई गायिकाद्वय सत्यकला राई र विन्दु परियारको स्वर रहेको छ । यो नारी जागरणसम्बन्धी राष्ट्रिय गीत निकै माधुर्य बनेको र नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको बताइएको छ । गोविन्द अञ्जान गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीको निर्देशनमा बनेको भिडियोलाई याम गुरुङले कोरियोग्राफी गरेका छन् ।

भिडियोमा मोडल दिव्यानी वली र अस्मिता पुरीको शीर्ष नृत्य रहेको छ भने उनीहरूसँगै विभिन्न उत्कृष्ट योगदान पु¥याउनुहुने नेपाल सीर्जनशील महिला समूहको अभिनय रहेको छ । गीतको भिडियोमा करन चैसिरको छायाङ्कन, प्रकाश धमलाको सम्पादन, सन्तोष पौडेलको ध्वनि मिश्रण रहेको उक्त गीत ‘द म्युजिक इरा’मा रेकर्डिङ गरिएको हो । रासस