काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी सातादेखि बजार अनुगमन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै काठमाडौं महानगरले बजार अनुगमन गर्ने तयारी थालेको हो ।

बुधबार उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाले माछा मासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजारको नियमित अनुगमन गर्ने भएको छ ।